मुख्यमन्त्रीबाट पदमुक्त भएकाे चार महिनापछि सरकारी गाडी फिर्ता गरे शेरधन राईले

पदमुक्तको चार महिनापछि मात्र प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले सरकारी गाडी फिर्ता गरेका छन् । उनको तीव्र आलोचना भएपछि अहिले आएर गाडी फिर्ता गरेका हुन् ।

Advertisement 1

उनले काठमाडौंमा गाडी फिर्ता गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे । ‘गाडी लिन आउनुहोस् भनेर माननियज्यूले फोन गर्नुभयो,’ दाहालले भने, ‘मन्त्रालयबाट ड्राइभर पठाएर अब गाडी ल्याउने तयारी भइरहेको छ ।’

मुख्यमन्त्रीको पदावधि सकिएपछि सेवासुविधाको विषयमा प्रदेश सरकारले अहिलेसम्म कुनै कानुन बनाएको छैन । कानुनमा नै नभएको सेवासुविधा राइले ४ महिना प्रयोग गरे । राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

Advertisement 2

उनले को १ झ ५६५ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए । राईकै कार्यकालमा काठमाडौंमा सम्पर्क कार्यालय खोलिएको थियो । सम्पर्क कार्यालय खोलिएको विषयमा चर्को विरोध भएपछि निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले कार्यालय हटाएको थियो । वर्तमान मुख्यमन्त्री राजेन्द्र राईले सम्पर्क कार्यालयका फर्निचर सरकारी निवासमा राखेका छन् ।

प्रकाशित :२०७८ पुष १७, शनिबार १०:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry