कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउ


नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेका छन् । निषेधाज्ञाको बीच गृह जिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुगेका नेता पौडेललाई प्रहरीले पक्राउ गरेको हो । त्यहाँ पुत उद्घाटको बिषयमा विवाद् चर्किएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । पुल उद्घाटनका विषयमा विवाद भएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार मध्याह्न १२ बजेदेखि बेलुका ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको छ ।

Advertisement 1

व्यास नगरपालिका–१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा नेपाली कांग्रेस र राष्ट्रिय युवा सङ्घबीच विवाद चर्किएपछि प्रशासन कार्यालयले त्यहाँ निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न गएपछि प्रहरीले नेता पौडेललाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगेको हो ।पौडेलले आफूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ तर प्रहरी भन्छ, पौडेललाई सुरक्षित राखिएको हो,पक्राउ गरिएको छैन ।

प्रकाशित :२०७७ मंसिर १७, बुधबार १५:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry