जबराको सम्पत्ति अनुसन्धान हुने: सम्पत्ति शुद्धीकरणले तोक्यो दुई अनुसन्धान अधिकृत
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सघाउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, उनीमाथि महाभियोगका लागि सत्तागठबन्धनमा छलफललाई निरन्तरता दिने पनि बताएका छन् ।
Advertisement 1
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले डा गोविन्द केसीसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले सात बुँदे माग तत्काल सम्बोधन गर्ने ९ बुँदे प्रतिबद्धता व्यक्त गरेका हुन् ।
डा केसीका शिक्षा र स्वास्थ्य सम्बन्धी, बीपी प्रतिष्ठान सम्बन्धी, चोलेन्द्र प्रकरण र निर्मला कुर्मीको न्यायका लागी आन्दोलनरत अधिकारकर्मीको माग लगायतका सात बुँदा रहेका छन् । देउवाले विपि प्रतिष्ठानको समस्या एकदुई दिनमा सल्ट्याइ निकास दिन मन्त्रीलाई निर्देशन दिने ।
Advertisement 2
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोगका लागि सत्ता गठबन्धनसँग थप छलफललाई निरन्तरता दिने, विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति सम्बन्धी मापदण्ड निर्धारण प्रतिवेदन अनुसारको कानुन तर्जुमा गर्नका लागि तिव्रता दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिने लगायका माग रहेका छन् । विभिन्न माग लिएर बालुवाटार पुगेका नागरिक अगुवा डा. गोविन्द केसीसँग देउवाले उक्त प्रतिबद्धता जनाएका हुन् । केसीका सहयोगी प्रीतम सुवेदीका अनुसार प्रधानमन्त्री देउवाले सातबुँदे प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्रीले घटनाको छानबिन गर्न सिआइबीलाई दिने प्रतिबद्धता जनाए।