आरक्षण कोटामा अर्वपतिहरुको रजाँई

चाहे सरकारी सेवा होस वा त राजनीति । जस्मा आरक्षणको व्यवस्था छ । तर आरक्षणको लक्ष्य एकातिर छ, लाभ चाहिँ प्रभावशाली वा अर्वपतिहरुले उठाइरहेका छन् ।
यस्तै दृश्य देखिएको छ यस पटकको काँग्रेसीहरुको महाअधिवेशनमा । महिला,दलित,जनजाती,अल्पसंख्यक समूहको उत्थानको लागि भन्दै राज्यले आरक्षणको व्यवस्था गर्यो । तर आरक्षणको लाभ, लक्षित समुदायभन्दा धनी, टाठा बाठाकै कब्जामा पुगिरहेको छ ।
यस पटकको काँग्रेसको १४ औं महाअधिवेशनमा केन्द्रीय सदस्यका रुपमा दुई अर्वपति उम्मेद्धार बनेका छन् आरक्षण कोटाबाट ।
उनीहरु हुन विनोद चौधरी र उमेश श्रेष्ठ ।
Advertisement 1
विनोद चौधरी चिनाइरहनु पर्ने नाम होइन,विश्वकै अर्वपतिहरुका भीडमा समेत समावेश भएका तर राज्यलाई कर तिर्ने मामलामा कहिल्यै अग्रपत्तिंमा नदेखिएका व्यक्ति हुन । उनै चौधरी काँग्रैसको चौथौं महाअधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेद्धार छन् मधेसी कोटाबाट ।
यस्तै अर्काे अर्वपति छन् उमेश श्रेष्ठ । उनी पनि जनजातीकोटाबाट काँग्रेसको केन्द्रीय सदस्यको उम्मेद्धार छन् । यी अर्वपतिहरुका कारण लामो समय काँग्रेसी राजनीति गरेका काँग्रेसमै लागेर भोटो फटाएका काँग्रेसमै रगत पसिना बगाएका आदिवासी,मधेसीहरुको कोटा हरण भएको छ ।
उसो त महिना दिन अघि चितवनमा सम्पन्न एमालेको महाअधिवेशनले मोतीलाल दुगडजस्ता अर्काे धनाढ्यलाई मधेशी कोटाबाट केन्द्रीय सदस्य बनाइसकिएको छ ।