नाडाको अध्यक्षमा ध्रुव थापा विजयी, करण चौधरी ६६ मतले पराजित

अटो व्यावसायीहरुको संगठन नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । बिहिबार सोल्टी होटलमा भएको निर्वाचनमा थापाले प्रतिस्पर्धी करण चौधरीलाई ६६ मत अन्तरले पराजित गरेका हुन् ।

Advertisement 1

३ हजार मतदाता मध्ये निर्वाचनमा २ हजार ७ सय ८८ मत खसेको थियो । जसमध्ये थापाले १ हजार ४ सय १३ मत ल्याए भने चौधरीले १ हजार ३ सय ४७ मत प्राप्त गरे ।

विजयी हुनेमा थापाको प्यानलबाट निराकर श्रेष्ठ (१३६४), यमुना श्रेष्ठ (१३५५), कपिल शिवाकोटी (१३४८), प्रदीपमान प्रधान (१३४६) र आकाश गोल्छा (१३३९) मत प्राप्त गरेका छन् ।

Advertisement 2

यता चौधरी प्यानलका मिलनबाबु मल्ल (१४६५), अनुपकुमार बराल (१४६३), राजनबाबु श्रेष्ठ (१४५७), सुरेन्द्र कुमार उप्रेती (१४३२) र सुनिल रिजाल (१४०२) रहेका छन् । त्यसैगरी सोही प्यानलबाट अभिक ज्योति (१३८३), प्रकाश कपुरी (१३७९), बिक्रम सिंघानिया (१३७१) र गोपाल भट्टराई (१३६५) मत प्राप्त गरी विजयी भएका छन् । यस्तै निलमणि पाठक )१३५४), वरदान बस्नेत (१३५०) र पंकज अग्रवाल (१३३४) मत प्राप्त गरी विजयी भएका छन् ।

नाडा निर्वाचन समितिका अनुसार २७ सय ८८ मत खसेको थियो। यस्तै ७ जना संस्थागत सदस्य भने निर्विरोध निर्वाचित भएका छन्। नाडामा अध्यक्ष र १७ जनाको निर्वाचन हुने र पछि सदस्यहरुबाटै पदाधिकारी चयन हुने व्यवस्था छ।

प्रकाशित :२०७८ मंसिर २४, शुक्रबार ०९:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry