नबिल बैंकको ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक

नबिल बैंकले आधिकारिक रुपमा ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । ‘नबिल डिजिबैंक पोर्टल’ मार्फत् बैंकका ग्राहकहरूले एकद्वारमार्फत् अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न यस पोर्टलमार्फत् बैंकले आफ्नो उत्पादनरसेवालाई स्वचालित बनाएको छ ।

Advertisement 1

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बिहीबार आयोजित एक कार्यक्रमकाबीच नबिल डिजिबैंक पोर्टलको शुरुवात गरेका हुन् । कम्प्युटराइज्ड बैंकबाट शुरु भएको यात्रा अब भने साँच्चिकै डिजिटल बैंकको रुपमा विकास भएको बैंकले बताएको छ ।
विगत ३७ वर्षमा विभिन्न उपलब्धि मध्ये नबिल डिजिबैंक पनि एक भएको बैंकको भनाइ छ । बृहत डिजिटल भिजन र रणनीति निर्माण गर्न अगस्ट २०२० मा उक्त परियोजना स्थापना गरिएको बैंकले बताएको छ ।

बैंकले नबिल डिजिबैंक पोर्टलमार्फत् उक्त परिकल्पनालाई साकार पार्दै वास्तविकतामा परिणत गर्ने दिशामा थप एक पाइला अघि बढाएको बैंकको भनाइ छ ।नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिटरक्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेलरएसएमई लोन आवेदन लगायत अनलाइन सेवा उपलब्ध छ । यसका साथै बैंकले आगामी दिनमा अन्य धेरै अनलाइन सेवाहरु थप गर्दै जाने योजना बनाएको छ ।

Advertisement 2

सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भिकेवाइसी) र भर्चुअल आईकार्ड लगायतका थप दुई नया अनलाइन सेवाहरु समेत सार्वजनिक गरेका छन् ।

भीकेवाईसीको शुरुवातसँगै ग्राहकहरूसँग केवाईसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दुई विकल्प उपलब्ध भएको बैंकले जनाएको छ ।भीकेवाईसी छनौट मार्फत ग्राहकले क्यामेराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्व निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचान सम्बन्धी कार्य पुरा गर्नुपर्ने छ ।

प्रकाशित :२०७८ मंसिर २४, शुक्रबार ०८:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry