बिना धितो कुमारी बैंकबाट २ लाख रुपैयाँ ऋण पाइने

कुमारी बैंकले आफ्ना ग्राहकलाई दैनिक रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पु¥याउने हेतुले गतवर्ष देखि फोनलोन सुविधा संचालनमा ल्याएको छ ।

Advertisement 1

छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिनको लागी कुमारी बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट इन्टरनेशनल प्राइभेटसँगको सहकार्यमा ईएमईमा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था संचालनमा ल्याएको छ ।

सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त फोनलोन इएमई सुविधा संचालनमा ल्याएको हो।

Advertisement 2

बैंकमा विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम २ लाख रुपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङ्गबाट कुनै धितो वा कागजी प्रकृया बिना नै फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।

उक्त कर्जा आयश्रोतको आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिना मध्ये कुनै एक अवधी छनोट गरी भुक्तानी गर्न सक्नेछन् ।

Advertisement 3

सोही सन्दर्भमा सानातिना व्यक्तिगत आकस्मिक खर्चहरू पूर्ती गर्न कुमारी बैंकमा तलब खाता भएका ग्राहकवर्गलाई सहज हुने धारणा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले बताउनुभयो ।

उक्त योजना अन्तर्गत फोनपे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेटमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवासुविधा उपभोग गर्दा क्यूआर स्क्यान गरि सो को बाई नावो, पे लेटर अवधारणामा किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ ।

उक्त प्रविधिले क्यूआर भुक्तनीमा नयाँ आयाम थप्ने तथा बिदेशमा जस्तै नेपालमा पनि बीएनपीएल लोकप्रिय हुनसक्ने धारणा एफ वान सफ्ट इन्टरनेशनल प्राइभेटका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बतानुभयो ।

आगामी दिनहरुमा उक्त फोनेलोअनलाई अझ विस्तारित र विकसित गर्दै लगिने कुरा कुमारी बैंकका डिजिटल बैंकिङ्ग प्रमुख अनिष ताम्राकारले बताउनुभयो ।

आफ्ना देशव्यापी १९६ शाखा–सञ्जाल, १७७ एटिएम, ३६ शाखारहित बैंकिङ्ग इकाई तथा १४ एक्सटेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित :२०७८ मंसिर २३, बिहीबार १०:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry