सिभिल बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन मङ्सिर २४ गतेदेखि गर्ने
सिभिल बैंकले १ हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ । बैंकले मङ्सिर २४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ।
Advertisement 1
जस मध्ये १८ लाख कित्ता निजि तबरले बिक्रि गरिने र १२ लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । ऋणपत्र निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
यस ऋणपत्रमा छिटोमा मङ्सिर २८ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा पुस ९ गतेसम्ममा आवेदन दिन सकिने छ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।
प्रकाशित :२०७८ मंसिर १९, आईतवार १०:१५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%