राष्ट्रपतिबाट मङ्सिर २८ गतेका लागि संसद् अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर २८ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

Advertisement 1

संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मङ्सिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान भएको हो ।

प्रकाशित :२०७८ मंसिर १७, शुक्रबार ०७:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry