भीम रावल एमाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा

आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

Advertisement 1

चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा वर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दिने भएसँगै केपी ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लाग्ने देखिएको छ ।
‘आज विशेष पत्रकार सम्मेलन गरेर १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लाग्नुभएको छ’, उनले भने । रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ ।

१० बुँदे सहमति कार्यान्वयन नभएपछि रावल ओलीप्रति असन्तुष्ट रहेका छन् । उनले १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकबाट  राजीनामा समेत दिएका थिए।

Advertisement 2

एमालेका तत्कालीन वरिष्ठ नेता माधव कुमार निकट मानिएका रावल एमालेमै संघर्ष गर्ने भन्दै नेपालको पार्टीमा  गएका थिएनन् । तर एमाले अध्यक्ष ओलीले सहमति कार्यान्वयन नगरेको भन्दै रावलले पार्टीभित्र निरन्तर आफ्नो असन्तुष्टि राख्दै आएका छन् ।

एमाले संस्थापनले १० औँ महाधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी सर्वसम्मतरुपमा छान्ने तयारी गरेको छ । तर रावललगायतले पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

प्रकाशित :२०७८ मंसिर ५, आईतवार १३:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry