प्रधानन्यायाधीश राणाले आफ्नै इजलासमा २८ थान मुद्दा तोके पनि आज इजलाश नबस्ने

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले बिहिबारका लागि आफ्नै इजलाशमा २८ थान मुद्धा तोक्नुभएको भए पनि आज सुनुवाई नहुने भएको छ ।

Advertisement 1

सहकर्मी न्यायधीश र अधिवक्ताहरुको इजलाश बहिष्कारका बीच बिहिबार प्रधानन्यायधीश राणाले आफ्नो इजलाशमा २८ थान मुद्धाको पेशी तोक्नुभएको हो ।  प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवराले १ नम्बरको इजलाशमा २८ वटा मुद्धाको पेशी तोकेर सुनुवाई गर्न लाग्नुभएको थियो यद्यपि शोकका कारण आज सर्वाेच्चको इजलाश नबस्ने भएको हो ।

राणाले लागू औषध खैरो हेरोइन,उत्प्रेषण,उत्प्रेषण परमादेश लगायतका मुद्धा उनले आफ्नो इजलाशमा राख्नुभएको छ । आजका लागि प्रधानन्यायधीश राणाले ८ वटा इजलाश तोक्नुभएको छ । जसमध्ये संयुक्त,बृहत,एकल लगायतका इजलास तोक्नुभएको छ ।

Advertisement 2

आजका लागि दिपकुमार कार्की र टंकबहादुर मोक्तान,मिरा खड्का र कुमार चुडाल,हरिकृष्ण कार्की र सुष्मालता माथेमा ,विश्वम्भर श्रेष्ठ र कुमार रेग्मी,आनन्दमोहन भट्टराई,प्रकाश ढुंगना र मनोजकुमार शर्मा,प्रकाशमान सिंह र बमकुमार श्रेष्ठका अलवा दीपककुमार कार्की,मीरा खडका,हरिकृष्ण कार्की,हरि प्रसाद फुयाल,मनोजकुमार शर्माको बृहत पूर्ण इजलाश तोक्नुभएको छ । बुधबार प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवराले आफ्नो एकल इजलासमा ५ वटा मुद्दा राखेर सुनुवाइ गर्नुभएको थियो । इजलाशबाट उठ्दै गर्दा आज आफूबारे उठेका प्रश्नको जवाफ दिने बताउनुभएको थियो । सर्वाेच्चका न्यायधीशहरुले गत आइतबारको टी ब्रेकपछि इजलाश बंक गर्दै आएका छन् । वरिष्ठ अधिवक्तादेखि अधिवक्तासम्मले इजलाश बहिष्कार गर्ने बताउँदै आएका छन् ।

Advertisement 3

सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएका कारण सर्वोच्च अदालतको इजलास नबस्ने भएको छ ।

प्रकाशित :२०७८ कार्तिक ११, बिहीबार १२:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry