तरकारी बेचेरै लाखौँ आम्दानी

मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण बागलुङको काठेखोला–८ की एक महिलाले दिए ।

Advertisement 1

काठेखोला–८ लेखानीकी ४५ वर्षीया लालमाया पुनले तरकारी बेचेरै मासिक लाखौँ कमाउन थालेका हुन् । आफ्नै जग्गामा लगाएकाले नपुगेपछि भाडामा लिएको जग्गासमेत उपयोग गरेर उनले कमाइ गरेका छन् । गाउँमा उत्पादन भएको तरकारी बजार पुग्छ, बजारमा भएको पैसा गाउँ पुगेको छ ।

उनले आफ्नो जमिनबाहेक मासिक रु छ हजार भाडा तिरेर आठ रोपनी जमिन भाडामा लिएका छन् । त्यही भाडाको बारीले सात वर्षदेखि उनलाई लखपति बनाएको छ । उनको आशिष कृषि फार्ममा वर्षभरि नै ताजा तरकारी पाइन्छ । उनले लामो समयदेखि निरन्तर खेतीमै जोड दिएका छन् ।

Advertisement 2

उनले भने, “कृषिको हाकिमभन्दा मेरो कमाइ बढी छ ।” तालिम दिने हाकिमले मासिक तलब खाने गरेको तर आफ्नो दैनिक कमाइ भइरहेको उनले बताए । दश वर्षअघिसम्म खान लाउने समस्याले पुनले ज्याला मजदुरी गर्थे । चार छोरी पाल्ने उनको चुनौती तरकारी खेतीले पूरा गरिदिएको हो । संयोगले भेटिएका कृषि कार्यालयका अधिकृतले तालिममा सहभागी गराएपछि उनले भाडाको जमिनमा खेती गर्ने योजना बुनेका थिए। त्यो अभियानले अहिले उनी अगुवा र कर्मठ किसानमा गनिनुहुन्छ । उनको बारीमा के हिउँद, के वर्षात् निरन्तर तरकारी लटरम्म हुन्छ ।

प्रकाशित :२०७८ कार्तिक ७, आईतवार १४:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry