माओवादी र समाजवादीले टुंगायो मन्त्रालय र मन्त्रीको नाम, आज ४ बजे सपथ

प्रधानमन्त्री शेर बहादुर देउवाले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। बिहिबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागवण्डा टुंगो लगाएपछि आज शुक्रबार मन्त्रिपरिषद हुने भएको हो ।

Advertisement 1

दलहरुले मन्त्रीको नाम टुंगो लगाएपछि आज दिउँसो सम्ममा मन्त्री नियुक्तिको लागि राष्ट्रपतिलाई सिफारिस गर्ने र आज नै मन्त्रीहरुको सपथ गराउने तयारी भएको छ ।

बिहिबारको सत्ता गठबन्धनको बैठकमा कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाउने सहमति भएको छ । जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा बातावरण पाउने सहमति भएको छ । त्यस्तै एकिकृत समाजवादीले स्वास्थ्य, शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पाउने सहमति भएको छ।

Advertisement 2

सरकार गठन भएको ३ महिना बिती सक्दा पनि देउवाले सरकारलाई पूर्णता दिन सकेका थिएनन्। गृह, कानुन, उर्जा, परराष्ट्र, र अर्थ बाहेक अन्य मन्त्रालय हाल रिक्त छन् । प्रधानमन्त्रीले नै बाँकि सबै मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

प्रकाशित :२०७८ आश्विन २२, शुक्रबार १०:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry