४२ औं पर्यटन दिवसको अवसरमा मनाङमा पर्यटकलाई स्वागत

आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

Advertisement 1

कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

Advertisement 2

त्यस्तै दिवसको अवसरमा अन्नपूर्ण पदमार्गमा आएका पर्यटकलाई मनाङमा स्वागत गरिएको छ । ४२औँ विश्व पर्यटन दिवसको अवसर पारी पदमार्गमा आएका पर्यटकहरूलाई अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र पर्यटन व्यवसायीहरूले स्वागत गरेका हुन् ।

Advertisement 3

मनाङ घुम्न हिँडेका पर्यटकलाई बाटोमै रोकेर व्यवसायीले खादा र अबिर लगाएर भव्य स्वागत गरेका हुन् । पर्यटन दिवसले पर्यटकहरूको आगमनमा नयाँ उत्साह थपिने एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले बताए। सोमबार मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४ मा रहेको एक्याप कार्यालयमा तीन इजरायली र एक भारतीय पर्यटकलाई सम्मान हो ।

प्रकाशित :२०७८ आश्विन ११, सोमबार १४:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry