बुटवलका मेयरमाथि पहिरोपीडितले गरे मुक्का प्रहार

आज एक स्थानीय युवाको मुक्का खाएका बुटवल नगरपालिकाका मेयर शिवराज सुवेदी नेकपा (एमाले)का तर्फबाट निर्वाचित जनप्रतिनिधि हुन् । हातपात गर्दा मेयर सुबेदीलाई सामान्य चोट लागेको छ ।

Advertisement 1

बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका हुन्।गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झन्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्। पहिरो गएको लामो समयसम्म पनि सरकारले विस्थापितलाई बेवास्ता गरेको भन्दै आक्रोशित बनेका स्थानीय युवाले सोमबार बिहान पहिरो अवलोकनको लागि पुगेका सुवेदी माथि एक्कासी आक्रमण गरेका थिए।

बुटवल उपमहानगरका उपमेयर गुमादेवी आचार्यले पूर्वयोजना बनाएर आफूहरुमाथि आक्रमण भएको बताइन् । उनले भनिन्, हामी मेयर, उपमेयर, प्रहरी टोलिसहित प्राविधिक टीम लिएर ज्योतिनगर पुगेका थियौं । एउटा मास (समूह) ले आक्रोशित भएर अपशब्द बोल्दै हामीमाथि एक्कासी हातपात गर्‍यो। मलाई चोट लागेको छैन । मेयरलाई चाहिँ सामान्य चोट लागेको छ। घटनाको थप अनुसन्धान त होला नै ।’

Advertisement 2

उनले यो घटनालाई स्वभाविक लिएको बताइन्। उनले नगर कार्यपालिकाको बैठक बसेर पहिरोस्थलमा प्राविधिक खटाउने निर्णय भएको र सो अवस्था बारे बुझ्न ज्योतिनगर गएको बताइन् ।

मेयर सुवेदीले ०५२ सालमा आफूलाई सुकुम्बासी दाबी गर्दै बुटवलको दीपनगरमा जग्गासमेत लिएका थिए ।तत्कालिन एमाले सरकारले नेतृत्वमा भोजप्रसाद श्रेष्ठको अध्यक्षतामा गठन भएको सुकुम्बासी समस्या समाधान आयोगमार्फत उनले आफूलाई सुकुम्बासी ठहर गराएका थिए ।

प्रकाशित :२०७८ आश्विन ४, सोमबार १४:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry