५३१ कैदीलाई माफी मिनाहा
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् भने ८ जनाको कैद सजाय माफी गरेकी हुन् ।
Advertisement 1
ती कैदीलाई नेपालको संविधान २०७२, फौजदारी कसुर ऐन २०७४, ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३, सर्वोच्च अदालतको २०७७ साउन १९ गतेको परमादेश,मुलुकको अपराध संहिता २०७४ तथा बालबालिकासम्बन्धी ऐन २०७५ र फौजदारी कसुर नियमावली २०७६ बमोजिम नेपाल सरकारको सिफारिशमा कैद मिनाहा गरेको पनि राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Advertisement 2
प्रकाशित :२०७८ आश्विन ३, आईतवार ११:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%