दुई महिनामा पनि पूर्णता पाएन मन्त्रिपरिषदले, आज फेरि सत्ता गठबन्धनको बैठक
आज मन्त्रिपरिषद् विस्तारबारे छलफलको लागि सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ ।
Advertisement 1
उक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा यसअघि गत शुक्रबार पनि छलफल भएको थियो। उक्त छलफलमा प्रधानमन्त्रीले सत्ता साझेदार दलहरुसँग मन्त्री बन्नेको नाम दिन आग्रह गरेका थिए।
यसअघि शुक्रबार प्रधानमन्त्री देउवाले गठबन्धनमा आबद्ध दलका नेताहरुसँग छिटो मन्त्रीहरुको नाम दिन अनुरोध गरेका थिए । यही बेला अमेरिकी मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग सम्झौतालाई अनुमोदन गर्ने रणनीतिमा सरकार रहेको बुझिन्छ । तर यसबारे गठबन्धनमा आबद्ध दलहरुबीचमै मतभिन्नता कायम छ ।
Advertisement 2
पछिल्लो समय प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारलाई प्राथमिकता राखेको विश्लेषणहरु भइरहेका छन् । साथै एमसिसी संसदबाट पास गराउनुपर्ने दबाब समेत उनीमाथि छ । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा निरन्तर अवरोध जारी रहेकाले यसबारे समेत रणनीति बनाउने विषयमा आजको बैठकमा छलफल हुनेछ ।