बाह्र दिनपछि प्रचण्ड बालुवाटारमा

११ दिनदेखि संवादविहिनताको अवस्थामा रहेका नेकपाका दुई अध्यक्षबीच भेटवार्ता शुरु भएको छ । गत ३ कार्तिकदेखि संवादहीनतामा रहेका प्रधानमन्त्री ओली र दाहालबीच अहिले भेटवार्ता चलिरहेको छ । पूर्व प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष प्रचण्ड अहिले वालुवाटार पुगेका छन् ।

Advertisement 1

प्रधानमन्त्रीको आग्रहमा प्रचण्ड छलफलका लागि दिउँसो सवा १ बजे बालुवाटार पुगेका छन् । कर्णाली प्रदेशको विवाद ,मन्त्रीपरिषद् विस्तार,राजदुत नियुक्ति,रअ प्रमुखसँगको भेटघाट र पर्सा घटना लगायतका घटनाका कारण असन्तुष्ट बनेका प्रचण्ड बालुवाटार गएका थिएनन्।

कतिपय निर्णयहरुमा प्रधानमन्त्री ओलीले एकलौटी ढंगले निर्णय गरेसँगै ओली र प्रचण्डबीच प्रत्यक्ष छलफल हुन नसकिरहेको बेला शनिवार संवादहीनता तोड्दै नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्कमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रकाशित :२०७७ कार्तिक १५, शनिबार १४:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry