/* google adsense */

सांसद पदबाट राजीनामा दिने भीम रावलको घोषणा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्।
आज संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने प्रक्रिया चल्नु अगावै उनले सांसद पदबाट राजीनामा दिएका हुन् । ०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै सांसद पदबाट राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।

 रावलले पार्टीलाई मिलाउन लागि परे पनि माधव नेपालबाट असहयोग भएको भन्दै राजीनामा दिएको बताएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आईतवार १६:२५

प्रतिक्रिया दिनुहोस्