४ सचिव रिक्त :- दुवाडी र कार्कीले न्याय पाउँलान् ?

उमेर हदका कारण बुधबारमात्रै राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत सचिव ऋृषिराज शर्माले अवकाश पाएसँगै ४ सचिव पद रिक्त हुन पुगेको छ । यस अघि नै प्राविधिकतर्फ कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले गत ३० असोजमा अनिवार्य अवकाश पाए । यस्तै नेपाल कानुन आयोगका सचिव चिरञ्जिवी खनालले २ कार्तिकमा अवकाश पाएसँगै कानुन आयोग सचिव विहिन छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ५ सचिवको दरबन्दी छ । तर जिम्मेवारी खोसिएर उपप्रधानमन्त्री ईश्वर पोखरेल विना विभागीय बने आफू बस्दै आएको कोठा मन्त्रीलाई जिम्मा लगाएर यादव कोइराला त्यहाँबाट संष्कृति तथा पर्यटन मन्त्रालयतिर पुगेसँगै प्रधानमन्त्री कार्यालयमा एक सचिव पद रिक्त छ । काठमाडौं महानगरपालिकाको सचिवको दरबन्दी रहेकोमा त्यहाँ विशिष्ट श्रेणीको दरबन्दी काटिएकाले चार पदमात्र रिक्त हुने स्थिती छ ।

Advertisement 1

प्रशासन सेवातर्फ सचिव पदका लागि बरिष्ठताका आधारमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गोकर्णमणि दवाडी प्रवल दाबेदार हुन् । उनी यसअघि ५ पटक बरिष्ठताका आधारमा पहिलो नम्बरमा सचिव बढुवा सिफारिसमा परे पनि उनीभन्दा कनिष्ठ विष्णु नेपाल,मान बहादुर विके,चन्द्रमान श्रेष्ठ,मधु मरासिनीहरुले सचिव पड्काइसकेका छन् । नेपाल हाल गण्डकी प्रदेशको प्रमुख सचिव,विक बाग्मती प्रदेशको प्रमुख सचिव छन् यस्तै श्रेठ कर्णाली प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा छन् भने मधु चाहिँ सचिवमा बढूवा हुनेवित्तिकै प्रदेशमा नगई सिधै महालेखा नियन्त्रकको कार्यालय कमाण्ड गर्ने अवसर पाएका छन् ।

प्रशासनतर्फ दुवाडीका साथै सुमन अर्याल भरतमणि सुवेदीहरु सचिव बढूवाका लागि दावेदार छन् । यस अघि अर्थमन्त्री युवराज खतिवडादेखि मुख्य सचिव लोकदर्शन रेग्मीहरुका कारण पाँच पटकसम्म अन्यायमा पारिएका दुवाडीको सचिव बढुवा होलान वा नहोलान् ? निजामती बृत्तमा चासोका साथ हेरिएको छ । यस्तै यस अघि नै बरिष्ठताको आधारमा कृषि सचिव बन्नुपर्ने योगेन्द्र कुमार कार्की पनि गोकर्णमणि दुवाडीकै झैं नियति भोगेका कर्मचारी हुन् ।

Advertisement 2

बरिष्ठताका आधारमा गत वैशाखमै सचिव बढूवा हुनुपर्ने कार्कीको बढूवा नगरी त्यतिखेर तेश्रो नम्बरमा नाम सिफारिस भएका राजेन्द्र भारीलाई सचिव बनाइएको थियो । उनी कृषि मन्त्री घनश्याम भुषालकै जिल्लाबासी हुन् । प्राविधिक तर्फको सचिव बन्ने लाइनमा चाहिँ कार्कीसहित गोविन्द शर्मा कृष्ण आचार्य विमलकुमार निर्मल छन् । शंकरदास बैरागी मुख्यसचिव बनेसँगै पहिलो पटक सह सचिवहरु सचिवमा बढूवा हुँदैछन् । हेर्न बाँकी छ यस पटक गोकर्णमणि दुवाडी र योगेन्द्र कार्कीहरुले न्याय पाउँछन वा पाउँदैनन्

प्रकाशित :२०७७ कार्तिक १४, शुक्रबार १३:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry