/* google adsense */

वडा सचिवद्वारा वडा कार्यालयमै १८ वर्षीय युवतीलाई बलात्कार!

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एकजना वडा सचिवलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका– ५ का वडा सचिव अमर कालाथोकी रहेको प्रहरीले बताएको छ। गएको असार १९ गते वडा कार्यालयमा नै बलात्कार गरेको उनीमाथि आरोप छ। तर, बालिकाले भने २४ गते मात्र परिवारलाई जानकारी गराएपछि घटना प्रहरीकहाँ पुगेको थियो ।

पक्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए। ओरापितलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार ११:१७

प्रतिक्रिया दिनुहोस्