लागुऔषधसहित ४ जना पक्राउ

काठमाडौं। प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–७ चाबहिल क्षेत्रबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्।
Advertisement 1
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ का २६ वर्षीय सलमान तामाङ, ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–५ का २५ वर्षीय अनिश राई, ओखलढुङ्गा मोलुङ गाउँपालिका–७ का २१ वर्षीय निकेश सुनुवार र झापा गौरादह नगरपालिका–८ का २१ वर्षीय दिवश गौतम छन्।
उनीहरुको साथबाट चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने ट्रामाडोल १,००५ थान ट्याबलेट बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।
Advertisement 2
प्रकाशित :२०८३ मंसिर ९ गते, बुधबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%









