गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, १० प्रतिशत बोनस शेयर दिने

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाले शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सोमबार पोखरा महानगरपालिका, कास्कीस्थित होटल पोखरा ग्राण्डमा सम्पन्न साधारणसभाले चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

Advertisement 1

बैंकका अनुसार प्रस्तावित नगद लाभांश तथा बोनस शेयरमा लाग्ने करसमेत समावेश गरी लाभांशसम्बन्धी प्रस्ताव पारित गरिएको हो।

साधारणसभाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८२÷८३ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण र त्यससँग सम्बन्धित अनुसूचीहरू पनि स्वीकृत गरेको छ।

Advertisement 2

सभाले आर्थिक वर्ष २०८३÷८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ।

साधारणसभाबाट पारित बोनस शेयर तथा नगद लाभांश वितरणसँगै बैंकका शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्ने बाटो खुलेको छ।

प्रकाशित :२०८३ आश्विन २७, मंगलवार ०९:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम