कांग्रेस महाधिवेशनको मतदान समय २ घण्टा थप

काठमाडौं। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय २ घण्टा थप गरिएको छ। आज दिउँसो ३ः०० बजेसम्मको समय तोकिएकामा मतदान गर्न एक जनालाई कम्तीमा आधा घण्टा लागेपछि ढिलाइ हुँदा साँझ ५ः०० बजेसम्मका लागि समय थपिएको निर्वाचन समितिले जनाएको छ।

Advertisement 1

केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै यसअघि दिउँसो ३ः०० बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ः०० बजेसम्म कायम गरिएको जनाएको छ। बिहान ७ः०० बजेपछि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्। मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लागेपछि मतदानको समय थप गरिएको हो।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सात हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यसहितलाई गरी २३ वटा समूह (क्लस्टर)मा मतदान गर्नुपर्ने भएकाले समय लागेको हो। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिए।

प्रकाशित :२०८३ आश्विन २३, शुक्रबार १६:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम