प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

म्याग्दी। बेनी नगरपालिका–६ जामुनाखर्कस्थित आधारभूत विद्यालयको दुई कोठे भवन प्रवासी नेपालीको सहयोगमा निर्माण भएको छ।
Advertisement 1
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बहराइन र नेपाली क्लब अफ बहराइनको सहयोगमा उक्त भवन निर्माण भएको हो। बहराइनबाट रु पाँच लाख र स्थानीयबाट रु दुई लाख चन्दा सङ्कलन गरी भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पौडेलले राससलाई जानकारी दिए। कक्षा ३ सम्म पठनपाठन हुने उक्त विद्यालयमा हाल १६ जना बालबालिका अध्ययनरत छन्।
बेनी नगरपालिका–६ का वडासदस्य राधिका विश्वकर्माको नेतृत्वमा सहयोगी संस्थाका प्रतिनिधिलाई स्वागत र सम्मान गरिएको थियो।
Advertisement 2
प्रकाशित :२०८३ मंसिर ३ गते, बिहीबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%









