लागुऔषधसहित २५ जना पक्राउ

काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ।

Advertisement 1

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार ललितपुर महानगरपालिका–४ नक्खु दोबाटोबाट २, धादिङको गजुरी गाउँपालिका–२ चाम्वासबाट १, सिरहा नगरपालिका–२१ पिपरा टोलबाट २, झापाको दमक नगरपालिका–१ मामाचोकस्थित खोटाङ होटलबाट चार र सप्तरीको बोदेबरसाइन नगरपालिका–५ बाट २ जना पक्राउ परेका छन्।

त्यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–२ जमुनी बजारबाट २, मोरङको विराटनगर महानगरपालिका–११ अल्का मार्गबाट ३, कास्कीको पोखरा महानगरपालिका–३ नदीपुरबाट १, सुनसरीको इटहरी उपमहानगरपालिका–१९ अमाहाचोकबाट १ र बराहक्षेत्र नगरपालिका–३ नयाँबस्तीबाट ३, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ सागरपथबाट दुई तथा सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–११ बाट २ जना पक्राउ परेका प्रहरीले जनाएको छ।

Advertisement 2

प्रहरीले उनीहरुका साथबाट लागुऔषध खैरोहेरोइन र गाँजा तथा चिकित्सकको सिफारिमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम बरामद गरेको छ।

प्रकाशित :२०८३ आश्विन २२, बिहीबार १३:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम