भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर। सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज आगलागी भएको छ। नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा आज बिहान आगलागी भएको हो।

Advertisement 1

आगलागी भएपछि जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल र स्थानीयहरूको सहायताबाट करिब दुई घण्टामा आगो नियन्त्रणमा लिएको छ। जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलले आगलागीबाट ठूलो क्षति भएको जानकारी दिए।

उनका अनुसार आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पुर्ण रूपमा क्षति भएको छ भने कारखानासँगै रहेको दिनेश मचामसीको घरमा क्षति पुगेको जानकारी दिए। आगलागीबाट करिब ४० लाखभन्दा बढी क्षति प्रहरीले जानकारी दिएको छ। आगलागीको कारण भने खुलेको छैन भने घट्नास्थलमा प्रहरीले मुचुल्का उठाउने कार्य गरिहरको छ।

Advertisement 2

आगलागी भएलगत्तै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगलागी भएको उद्योगको निरीक्षण समेत गरे।

प्रकाशित :२०८३ आश्विन १९, सोमबार ११:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम