‘कमलबहादुर विष्ट स्मृति पुरस्कार’ बाढीपीडित पत्रकार पौडेललाई

काठमाडौं। ‘कमलबहादुर विष्ट स्मृति पुरस्कार’ बाढी प्रभावित नुवाकोटका पत्रकार निराजन पौडेललाई प्रदान गरिने भएको छ। पुरस्कार छनोटका लागि साहित्यकार डा विनोद मञ्जनको संयोजकत्वमा रहेको ३ सदस्यीय सिफारिस समितिले गरेको सिफारिसका आधारमा कमलबहादुर विष्ट स्मृति समाजले उक्त पुरस्कार पौडेललाई दिने निर्णय गरेको संस्थाका डा गायत्री विष्टले जानकारी दिए।

Advertisement 1

करिब १७ वर्षदेखि पत्रकारितामा सक्रिय पौडेल हाल ‘रातोपाटी डट कम’का वरिष्ठ संवाददाताका रूपमा कार्यरत छन्। उनी विशेषगरी अदालत, संवैधानिक आयोग तथा कानुनी मामिला एवं वातावरणसम्बन्धी समाचार सङ्कलन तथा लेखनमा सक्रिय छन्।

विसं १९९९ सालमा काठमाडौँको शङ्खरापुर नगरपालिकाको सलम्बुटारमा जन्मेका कमलबहादुर विष्टले ४२ वर्ष निजामती सेवामा आफ्नो जीवन व्यतीत गनको थियो। साहित्यमा गहिरो रुचि भएका विष्टका ‘लाउने काठ’ कविता सङ्ग्रहका साथै साहित्यिक पत्रिकाहरूमा फुटकर रचनाहरू प्रकाशित भएका छन्।

Advertisement 2

स्व विष्टको इच्छाअनुसार उहाँको कमाइको रकमबाट अक्षयकोष खडा गरी विसं २०७८ देखि साहित्य, कला, पत्रकारिताका साथै समाज रूपान्तरणको क्षेत्रमा सक्रिय रहेका युवालाई विष्टको पुण्यतिथिका अवसरमा पुरस्कार समर्पण गर्दै आएको छ। गत भदौ १० गतेको भोटेकोशी बाढीमा परेर पत्रकार पौडेलको मातापिता, काकाकाकी र बहिनीसहित परिवारका ५ सदस्य बेपत्ता हुनाका साथै नुवाकोटको विदुर नगरपालिका–७ सोले बजारमा रहेको घरसमेत बाढीले बगाएको थियो

प्रकाशित :२०८३ आश्विन १८, आईतवार १५:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम