तनहुँमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ। तनहुँको भानु नगरपालिका–१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय शङ्कर पाण्डे र ६५ वर्षीय टङ्कनीति पाण्डे रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Advertisement 1

हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग१९प ८०६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि अस्पताल पठाइएकामा छुट्टाछुट्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज पाण्डेले जानकारी दिए। उनका अनुसार मोटरसाइकल चालक शङ्करको पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो भने टङ्कनीतिको प्रदेश अस्पताल लमजुङमा मृत्यु भएको हो।

प्रकाशित :२०८३ आश्विन १८, आईतवार १५:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम