‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

रूपन्देही। बुद्ध जन्मभूमि लुम्बिनी र बुद्धत्व प्राप्त गरको स्थानसँग सम्बन्धित ‘बौद्ध सर्किट’को अवधारणा, त्यसको कार्यान्वयन र लाभलगायत विषयमा अध्ययन, अनुसन्धान तथा विश्लेषणसहित प्रतिवेदन तयारी प्रक्रिया अघि बढेको छ।
Advertisement 1
लुम्बिनी बौद्ध विश्वविद्यालय, छायाँ नेपाल र इन्टिग्रेटेड सोसल डेभलपमेन्ट सेन्टर (आइएसडिसी) बीच त्रिपक्षीय रणनीतिक साझेदारी सम्झौता भई विस्तृत प्रतिवेदन तयारी प्रक्रिया अघि बढेको हो। अध्ययन प्रतिवेदन दिगो पर्यटन विकास तथा सीमापार सम्पर्कका लागि नीतिगत सुझाव र कार्यढाँचा तयारीमा केन्द्रित हुने बताइएको छ।
तीनवटै संस्थाकोतर्फबाट संयुक्तरूपमा स्थलगत अध्ययन, तथ्याङ्क सङ्कलन तथा विश्लेषण, सरोकारवालासँग परामर्श र अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढेको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ।
Advertisement 2
आइएसडिसीकी बोर्ड सदस्य स्वाति थापाका अनुसार परियोजनामार्फत अघि बढाइने सो प्रतिवेदन तयारीका क्रममा अध्ययन, अनुसन्धानसहित प्राज्ञिक क्षेत्रको नेतृत्व विश्वविद्यालय, प्रदेश तथा स्थानीय तहसँगको समन्वय छायाँ नेपाल र समग्र पक्षको समन्वय भने आइएसडिसीले गर्नेछ। छायाँ नेपालले परियोजनाका लागि रु १५ लाख आर्थिक योगदान गर्ने र अनुसन्धानको गुणस्तर सुनिश्चित गर्न विश्वविद्यालयले प्राध्यापक तथा विज्ञ परिचालन गर्ने बोड सदस्य थापाले जानाकरी दिए।
सन् २०२७ जुलाईसम्म प्रतिवेदन तयार गर्ने कार्यादेश रहेको सो परियोजनाको रणनीतिक निर्देशन, प्रगति समीक्षा तथा अनुगमनका लागि तीनवटै संस्थाका प्रतिनिधि सम्मिलित अन्तरसंस्थागत सञ्चालन समिति गठन गरिने बताइएको छ।
Advertisement 3
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा माणिकरत्न शाक्य, छायाँ नेपालकी अध्यक्ष सृष्टि सिलवाल र आइएसडिसीका अध्यक्ष सिद्धार्थ बज्र बज्राचार्यले सो परियोजनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको रजिष्ट्रार इन्द्रप्रसाद काफ्लेले जानकारी दिए।








