विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण

काठमाडौं। आज विश्व फार्मासिस्ट दिवस। ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइँदै छ।

Advertisement 1

औषधि उपलब्ध गराउने मात्र होइन, यसको सुरक्षित, सही र उचित प्रयोग सुनिश्चित गर्दे बिरामीलाई आवश्यक जानकारी र परामर्श प्रदान गर्न फर्मासिस्टहरुको भूमिका महत्वपर्ण रहँदै आएको छ।

दिवसको अवसरमा औषधि व्यवस्था विभागले शुभकामना सन्देश व्यक्त गर्दै फार्मासिस्टको योगदानलाई थप प्रभावकारी बनाउँदै औषधि तथा स्वास्थ्य सेवाको गुणस्तर, सुरक्षा र पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

Advertisement 2

विभागका महानिर्देशक भरत भट्टराईले नेपालमा सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधिको पहुँच सुनिश्चित गर्न फार्मासिस्टको भूमिका महत्वपूर्ण रहेको बताउँछन्।

उनले भने, “फार्मासिस्टको ज्ञान, सीप, व्यावसायिक आचरण र सेवामुखी दक्षता निरन्तर अभिवृद्धि गर्नुपर्छ।” दिवसको अवसरमा विभागले नियामक निकाय, शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक र सम्बन्धित सरोकारवालाबीच सहकार्य अझ सुदृढ बनाउँदै स्वस्थ तथा समृद्ध समाज निर्माणमा योगदान पु¥याउन आह्वानसमेत गरेको छ।

Advertisement 3

यसैगरी नेपाल फार्मेसी सङ्घका महासचिव सुवर्ण राज पन्तले फार्मेसी पेशाको मर्यादा, व्यवासायिकता र समग्र विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।

प्रकाशित :२०८३ आश्विन ९, शुक्रबार १४:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम