प्रतिनिधिसभाको बैठक सुरु, यस्तो छ कार्यसूची

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ।

Advertisement 1

सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले “राष्ट्रिय सभामा उत्पत्ति भएको सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक,२०८३” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्नुहुने कार्यसूची रहेको छ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले “संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

Advertisement 2

त्यस्तै “संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता अनुमोदन गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

प्रकाशित :२०८३ आश्विन ६, मंगलवार १५:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम