भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

तनहुँ। जिल्ला प्रशासन कार्यालयले भीमाद नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र सेवा सुरु गरेपछि वरपरका चार पालिकाका सर्वसाधारण लाभान्वित भएका छन्।
Advertisement 1
सर्वसाधारणलाई सहज रुपमा सेवा दिने उद्देश्यले भीमाद नगरपालिकाबाट उक्त सेवा सुरु गरिएको हो। राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि सदरमुकामस्थित प्रशासन कार्यालयमा आउनुपर्ने बाध्यताको अन्त्य गर्न नगरपालिकाबाटै सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए।
जिल्लाका सबै पालिकाका सेवा सदरमुकामस्थित जिल्ला कार्यालयबाट मात्र प्रदान गरिदा सेवाग्राहीको अत्याधिक भीड हुन गई सबैले एकै दिन सेवा नपाउने भएपछि भिमाद नगरपालिकाबाटै उक्त सेवा सञ्चालन गरिएको उनले बताए।
Advertisement 2
भीमादमा सुरु भएको सेवा वरपरका स्थानीय तह घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका–५, ६, ७ र ८, म्याग्दे गाउँपालिका–५ का सर्वसाधारण लाभान्वित हुनेछन्। यसैबीच, राष्ट्रिय परिचयपत्र विवरण दिन कार्यालयमा सेवाग्राहीको चाप बढेपछि केही समय अगाडि कार्यालयले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म समेत सेवा दिएको थियो।
प्रमुख जिल्ला अधिकारी तिवारीले भने, “प्रशासन कार्यालयमा सेवाग्राहीको चाप घटाउन र ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले भीमादमा सेवा विस्तार गरिएको हो।”
Advertisement 3
उनले स्थानीयस्तरमै परिचयपत्र उपलब्ध भएपछि सेवाग्राहीको समय र खर्च बचत तथा सेवा प्रवाहसमेत थप प्रभावकारी बन्ने हुने विश्वास व्यक्त गरे।








