प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै

सर्लाही। भोटेकोशी बाढीपीडितका लागि राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै गएको छ।
सर्लाहीः सर्लाहीको बागमती नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकले मासिक पारिश्रमिकबाट सङ्कलन भएको २ लाख ४७ हजार ६४० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
बाढीबाट सर्वस्व गुमाएका परिवारको राहतका लागि उक्त रकम राहत कोषमा दाखिला गरिएको जनता माध्यमिक विद्यालय बागमती नगरपालिका–५, सोल्टी बजारका प्रधानाध्यापक लोकनाथ दाहालले जानकारी दिए।
त्यसैगरी, विभिन्न विद्यालयका छात्राछात्रले खाजा खर्च कटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गरेका छन्।
जनबालकल्याण माध्यामिक विद्यालयका छात्रछात्राले १८ हजार ४५०, नव जनजागरण माध्यमिक विद्यालय बागमती–८, का छात्रछात्राले ११ हजार ७५०, महेन्द्र जनता माध्यमिक विद्यालय, बागमती–११, का छात्रछात्राले पाँच हजार २६० रुपैयाँ सङ्कलन गरी दाखिला गरेका छन्।
पर्साः वीरगञ्ज उपमहानगर पालिकाले १ करोड ११ लाख रुपैयाँ दाखिला गरेको छ।
पर्सा जिल्लाका अन्य क्रमशः पर्सागढी नगरपालिकाले तीन लाख तथा सोही नगरपालिकाका नगरप्रमुखले व्यक्तिगत १० हजार, उप्रमुखले ७ हजार, वडाध्यक्षहरुले जनही रु ५ हजार, सखुवा प्रसौनी गाउँपालिकाले ५ लाख, पटेर्वा सुगौली गाउँपालिकाले ५ लाख, जगन्नाथपुर गाउँपालिकाले १५ लाख, ठोरी गाउँपालिकाले ११ लाख धोबनी गाउँपालिकाले ५ लाख र मैनपुर गाउँपालिकाले ५ लाख रुपैयाँ जम्मा गरेका छन्।
चितवनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), चितवनको तर्फबाट १ लाख ७० हजार ६९८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि उक्त रकम दाखिला गरिएको जिल्ला सभापति ई. मिनीमाधव खनालले जानकारी दिए।
नवलपुरः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज ५ लाख ५ हजार रकम कोषमा दाखिला गरेको छ।
कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी, शिक्षक एवं कर्मचारीले स्वेच्छिक सङ्कलन गरेको उक्त रकम सङ्घीय सांसद राजन गौतममार्फत कोषमा जम्मा गरिएको कलेजका प्रिन्सिपल प्राध्यापक डा इन्जिनियर हरि भण्डारीले जानकारी दिए।
धनुषाःधनुषा जिल्लाबाट ६६ लाख रुपैयाँ दाखिला गरिएको छ।
धनुषाको हंसुर नगरपालिकाबाट ३६ लाख, मिथिला विहारी नगरपालिकाबाट रु ३० लाख सङ्कलन गरिएको हो।
उक्त रकम नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक एवं स्वास्थ्य कर्मचारीको मासिक पारिश्रमिकबाट जम्मा गरिएको थियो।
मकवानपुरः नेपाल प्रेस युनियन, मकवानपुर शाखाले भोटेकोशी बाढीपीडितका लागि रु ५० हजार सहयोग उपलव्ध गराएको छ।
उक्त रकम मकवानपुर जिल्लाका पत्रकारहरुले जम्मा गरेको अध्यक्ष सुवास विडारीले जानकारी दिए।
प्रकाशित :२०८३ भाद्र १९, शुक्रबार १२:५५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%







