९२ वर्षीय बुबाको कत्रो ठुलो छाती– को होलान उनी जत्तिको जाति?

अञ्जनकुमार।
धन र मन फरकफरक चिज हुन। सबै धनीको हृदय दानवीर हुँदैन। दानवीर हुन फराकिलो मन चौडा छातीको आवश्यक छ। आज जीवनको उत्तरार्धमा पनि हिजोको जस्तै त्यही जोस उहीँ मन। गाउँको पाखापखेरामा हुर्कदा देखिनै कसैको पीडालाई देख्न नसक्ने साविक नाल्मा गाविस हाल बेंसीशहर नगरपालिका–५, नाल्माका ९२ वर्षीय तुलबहादुर गुरुङ, जो अहिले लमजुङमा सर्वाधिक चर्चामा रहनुको एउटै कारण हो रसुवामा आएको महासुनामीका पीडितहरु लागि गर्नुभएको सहयोग।
Advertisement 1
गाउँलेको सहारा र भरोसा हुन तुलबहादुर गुरुङ। सिङ्गै नाल्मा गाउँलेका अभिभावक हुन तुलबहादुर। रकमी बन्दै गएको आजको यो समाजमा प्रायः आपतविपतमा परेकाहरुका लागि गर्जो टार्ने एक सिद्धी विनायक नै हुन तुलबहादुर। गाउँमा कुनै कार्यक्रम भयो कि गाउँलेहरु उनकै मुख ताक्छन। युवा केटाहरुले खेलकुद, रामरमिता वा कुनै कार्यक्रम आयोजना गरेकी पुरस्कारको प्रायोजक बन्न वा मन फुकाइदिन वृद्ध गुरुङकै मुख ताक्छ्न। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङ निवर्तमान अध्यक्ष एवं नेपाल पत्रकार महासंघ लमजुङका पुर्व उपाध्यक्ष अनुज अधिकारीको अगुवाइमा आगामी असोज १० गते हुन गइरहेको वरिष्ठ लोक गायिका ’माया गुरुङ साँगीतिक साँझझ का लागि सहयोगको अपेक्षा लिएर पुगेका प्रतिष्ठानका व्यक्तिलाई आधा लाख चडाए। उदार मनका धनी यिनै गुरुङले हिजो सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा एक लाख रकम बैंक जम्मा गरी भौचर बेसीशहर नगरपालिका मेयर गुमानसिह अर्याललाई हस्तान्तरण गर्न पुगेका थिए। पालिकले एउटा नीति बनाएर आफ्ना जनप्रतिनिधिको तलबभत्ता र पालिकाकै कोषबाट समेत राहत उपलब्ध गराउने योजना बनाइरहेका बेला गुरुङको यो महान कार्य र सदासयताको कदर गर्दै ९२ वर्षीय गुरुङलाई खादा ओडाएर सम्मान गरेका थिए।
आफ्नो बुबाले यस्ता विपद्को समयमा चाहे हिजो भुकम्प जादा को बेला होस वा आज यो विषम परिस्थितिमा होस् सहयोग गर्दै आउनुभएको गुरुङका कान्छा छोरा डम्मर गुरुङ बताउछन। ९२ वर्षीय तुलबहादुर गुरुङ मरि लानु केही छैन। जसको जति सम्पत्ति भएपनि आखिर छोडेरै जाने हो। दान भन्दा ठुलो पुन्यको कर्म केहि छैन। आफ्नो मुलुकमा परेको यस्तो महाविपत्तिको बेला हात बाँधेर बस्न मनले मानेन। त्यही भएर आफुलाई औषधि मुलो भनेर राखेको रकम ‘बाढी पीडितलाई सोही स्थानमा गएर दिन मन थियो। तर आफ्नो अवस्थाका कारण घटनास्थल पुग्न सकिन। राज्यकोषमा जम्मा गर्दिएँ। हर्षबिभोर भएको वृद्ध तुलबहादुर गुरुङले ईकर्मचारीलाई बताए।
Advertisement 2









