नेपाली फाइटर रविन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

काठमाडौं । नेपाली फाइटर रविन्द्र ढाँट प्रतिष्ठित ‘रोड टु यूएफसी’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
Advertisement 1
चीनको साङ्घाईस्थित अक्टागनमा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा ढाँटले न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
यूएफसीमा प्रवेशको बाटोका रूपमा हेरिने ‘रोड टु यूएफसी’मा ढाँटले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका हुन् । मर्डकविरुद्धको जितसँगै उनको यूएफसी यात्राको सपना थप नजिकिएको छ ।
Advertisement 2
फाइनलमा समेत जित निकाल्न सके ढाँटले नेपाली मार्सल आर्ट्स खेलकुदका लागि ऐतिहासिक उपलब्धि हासिल गर्ने अवसर पाउनेछन् ।
प्रकाशित :२०८३ भाद्र १२, शुक्रबार १७:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








