रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै

काठमाडौं। रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएका १३ जनाको अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Advertisement 1

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उद्धार गरी काठमाडौँ ल्याइएकामा नुवाकोटको विदुर नगरपालिका–५ का ४२ वर्षीय भक्त भण्डारी, ४१ वर्षीया सीता भण्डारी, २४ वर्षीय विवेक कुमाल, ३४ वर्षीय तेजबहादुर तामाङ, ४८ वर्षीय पेम्बा तामाङ, वर्ष नखुलेका कुशल मगर, ३३ वर्षीय मीनबहादुर श्रेष्ठ, नाम नखुलेका कार्की, नामथर बताउन नसक्ने एक जना, ४० वर्षीय गिरिलाल बुढाथोकी, २३ वर्षीय रुपक रोका, ३५ वर्षीय सुजन बस्नेत र २३ वर्षीय सुशान्त श्रेष्ठ रहेका छन्।

उद्धार गरिएका घाइतेमध्ये केहीको राष्ट्रिय ट्रमा सेन्टर र केहीको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रवक्ता थापाका अनुसार घाइतेमध्ये अन्यको थप विवरण प्राप्त हुन बाँकी रहेको छ।

प्रकाशित :२०८३ भाद्र १०, बुधबार १६:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम