नेपाल टेलिकमद्वारा बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा

काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ।
Advertisement 1
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढीबाट प्रभावित क्षेत्रका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिएका थिए।
नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दाका लागि दुई दिनका लागि अनलिमिटेड भ्याइस सेवा, प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस निःशुल्क गरिएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिए।
Advertisement 2
टेलिकमले आजै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउनका लागि एसएमएसमार्फत् जानकारी निरन्तर जानकारी दिइरहेको छ। टेलिकमका अनुसार बाढीका कारण रसुवामा २ र नुवाकोटमा ५ वटा गरी ७ टावरमा क्षति भएको प्रारम्भिक विवरण रहेको छ। मर्मत सम्भारका लागि नेपाल टेलिकमको टोली प्रभावित क्षेत्रमा खटिइसकेको छ। साथै प्रभावितहरुको उद्धार, राहत र खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धनसहित ट्यांकर काठमाडौँबाट परिचालन समेत गरिएको छ।








