नाडा अटो शो लक्षित नेपाल बैंकको आकर्षक अटो लोन

काठमाडौं। नेपाल बैंक लिमिटेडले आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंमा आयोजना हुने नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष तथा आकर्षक अटो लोन अफर सार्वजनिक गरेको छ।

Advertisement 1

बैंकले नयाँ निजी तथा व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज, सरल र प्रतिस्पर्धी वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले विशेष अटो लोन योजना ल्याएको जनाएको छ।

यस योजनाअन्तर्गत ग्राहकले नाडा अटो शोमा नेपाल बैंक लिमिटेडबाट कर्जा लिएर जुनसुकै ब्रान्डको सवारीसाधन खरिद गर्दा बैंकको आधार दरमा ०.९९ प्रतिशत मात्र थप गरी कायम हुने ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

Advertisement 2

त्यस्तै, यसरी कर्जा उपभोग गर्दा कर्जा प्रशासनिक शुल्कमा ०.५ प्रतिशत मात्र सेवा शुल्क लाग्ने बैंकले जनाएको छ। कर्जा लिने ग्राहकले बिना कुनै शुल्क ३ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड (लाइफटाइम) सुविधा समेत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

नेपाल बैंकले नाडा अटो शोमा सहभागी सम्पूर्ण ग्राहक तथा आम सर्वसाधारणलाई नजिकैको बैंक शाखामा सम्पर्क गरी बैंकका नवीनतम वित्तीय सेवा तथा सवारी कर्जा सुविधाबारे जानकारी लिन आग्रह गरेको छ।

Advertisement 3

बैंकले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी ल्याएको यस योजनाबाट नयाँ सवारी खरिद गर्ने ग्राहकले प्रतिस्पर्धी ब्याजदर तथा सरल वित्तीय सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरेको छ।

प्रकाशित :२०८३ भाद्र ७, आईतवार १०:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry