सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला रु ३ हजार ३०० र चाँदीको मूल्य रु १३० ले बढेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख १६ हजार ७०० कायम भएको छ। असली चाँदीको मूल्य प्रतितोला रु ४ हजार ९८५ निर्धारण भएको छ।
हिजो छापावाल सुन प्रतितोला रु ३ लाख १३ हजार ४०० र असली चाँदी प्रतितोला रु ४ हजार ८५५ मा कारोबार भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार ५४०.१८ र चाँदी ६८.९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८३ भाद्र ५, शुक्रबार ११:५०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








