लाेक सेवाले उपसचिव पदको नतिजा सार्वजनिक

काठमाडौं। लोक सेवा आयोगले विभिन्न सेवा तथा समूहअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव वा सो सरह) पदको नतिजा सार्वजनिक गरेको छ।
Advertisement 1
आयोगको अन्तर्वार्ता तथा सिफारिस महाशाखाले सोमबार सूचना जारी गर्दै लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारमध्ये अन्तर्वार्ता, इन–बास्केट एक्सरसाइज तथा लिखित परीक्षामा प्राप्त गरेको कुल अंकका आधारमा योग्यताक्रम निर्धारण गरी उम्मेदवार सिफारिस गरिएको जनाएको छ।
आयोगका अनुसार कायम भएको योग्यताक्रमका आधारमा सफल उम्मेदवारहरूलाई नियुक्तिका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरिएको हो।
Advertisement 2
यससँगै सम्बन्धित सेवा तथा समूहका उपसचिव पदमा रिक्त रहेका पदपूर्ति प्रक्रिया अघि बढ्ने भएको छ। आयोगले निर्धारित प्रक्रिया पूरा गरी अन्तिम योग्यताक्रमका आधारमा नियुक्तिका लागि सिफारिस गरेको जनाएको छ।








