सञ्चारमन्त्रीलाई कर्मचारीले गरे खादाले स्वागत

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी छन् ।
शपथ ग्रहण लगत्तै मन्त्रालयमा पुगेकी थापालाई कर्मचारीहरूले पुष्पगुच्छा र खादाले स्वागत गरेका थिए । राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणपश्चात उनी सिंहदरवारस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन् ।

महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् । तर पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी छन् । उनी एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् । थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमन्त्री नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १८:०६

प्रतिक्रिया दिनुहोस्