नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो ।
प्रतिनिधि सभा विघटन गरेपछि जसपाको एक पक्षलाई सरकारमा ल्याउने अध्यादेश जारी गरेको थियो। जसविरुद्ध सर्वोच्चमा मुद्दा दायर भएको थियो।
सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम जारी गरेसँगै अध्यादेश रोकिने भएको छ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १७:३८

प्रतिक्रिया दिनुहोस्