डा थापा तथा अमात्यद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा आशिष गोविन्द अमात्य र नेपाल फार्मेसी परिषद्का रजिस्टार डा हरिशसिंह थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

Advertisement 1

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा मन्त्री मेहताले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी हन्।

आजै उनीहरूले कार्यभार सम्हाले। मन्त्रिपरिषद्को हालैको बैठकले डा अमात्य र थापालाई नियुक्त गरेको हो।

प्रकाशित :२०८३ श्रावण २२, शुक्रबार १४:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry