हेटौँडा उपमहानगरमा ‘शून्य फोहर’ महाअभियान सुरु

बागमती। हेटौँडा उपमहानगरपालिकालाई सुन्दर, सफा, र हराभरा पालिका बनाउन आजदेखि पालिकाले नगरलाई ‘शून्य फोहर’ महाअभियान सुरु गरेको छ।

Advertisement 1

पालिकाले नगरलाई चालु आर्थिक वर्ष २०८३/८४ लाई पर्यटन वर्ष घोषणा गरेका कारण आजदेखि शून्य फोहर महाअभियान सुरु गरिएको हो।

पालिका आसपासका सबै क्षेत्र, सरकारी कार्यालय, वडा कार्यालय, बैंक, विद्यालयलगायत सङ्घसंस्था र विभिन्न कार्यालयमा बिहान ९ः०० बजेदेखि १०ः०० बजेसम्म कार्यालय परिसरमा सरसफाइ गरी महाअभियान सुरु गरिएको वन, वातावारण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख सत्यदेवी अधिकारीले बताइन्।

प्रकाशित :२०८३ श्रावण २२, शुक्रबार १३:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry