मनाङमा संक्रमितको संख्या सय भन्दा बढी, बुधबारदेखि कोरोना खोप सुरू

कोरोना संक्रमणको कारण मनाङ जिल्लामा १०७ जनामा संक्रमण पुष्टि भएको छ। प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार जिल्लामा हाल ३३ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १४ जना संस्थागत आईसोलेसनमा छन् भने १९ जना होम आईसोलेसनमा रहेको उनले बताए। उनका अनुसार गण्डकी अस्पतालमा कोरोनाको कारण मनाङका २ जना संक्रमितको मृत्यु भएको छ। मनाङमा बुधबारदेखि कोरोना खोप लगाउन सुरु गरिएको लामिछानेले जानकारी गराए। उनका अनुसार जिल्लामा सात सय ७९ डोज कोरोना खोप आयात भएको छ। जसमध्ये ७९ डोज भेरोसेल खोप हो। जिल्लाको माथिल्लो मनाङ र चामेमा बुधबार खोप लगाईएको हो।

प्रकाशित :२०७८ जेष्ठ २७, बिहीबार १४:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम