प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग छलफल गरिरहेका छन्।
Advertisement 1
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी रहेको छलफलमा समसामयिक राजनीति र प्रदेशको विकास निर्माणका सम्बन्धमा सांसदहरूले धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीसँगको छलफलमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र सिंह महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन्।
प्रकाशित :२०८३ श्रावण १९, मंगलवार १३:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








