माधव नेपालका साथ छाडेका गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्री उपहार

५ बर्षका लागि सरकार चलाउने म्याण्डेन्ट पाएको र स्थायी भनिएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व नै अहिलेसम्म सबैभन्दा बढी अस्थिर देखिएको छ ।
गत शुक्रवार प्रधानमन्त्री ओलीले राजेन्द्र महतो महन्थ ठाकुर खेमाबाट १० जना र एमाले खेमाका दुई मन्त्री थपेर १७ सदस्यीय मन्त्रिमण्डल गठन गरेसँगै पछिल्ला तीन बर्षमा मात्र प्रधानमन्त्री ओलीको क्याविनेट १८ पटक फेरबदल भएको छ । २५ सदस्यीय क्याविनेटमा प्रधानमन्त्री ओलीले अहिलेसम्म ५९ जनालाई मन्त्री बनाइसकेका छन् ।
आजै फेरि अरु सात मन्त्री र १ राज्यमन्त्री थपेर मन्त्रिमण्डल बिस्तार हुँदैछ ।
बिस्तारित हुन लागेको मन्त्रिमण्डलमा उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ नियुक्त गर्न लागेका हुन् ।

वालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले सात मन्त्री र एक जना राज्य मन्त्रीलाई नियुक्त गरेका हुन् ।
गृह मन्त्रालय पोखराका खगराज अधिकारीलाई नियुक्त हुँदैछन् भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा जनता समाजवादी पार्टीका राजकिशोर यादव बन्नेछन् । यस्तै सञ्चारमा नैनकला थापालाई नियुक्ति गर्नै तयारी छ । उनी पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन्। वनमा नारदमनि राना, कृषि ज्वालाकुमारी शाह, सामान्य प्रशासनमा गणेश पहाडी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरी मोहन बाँनिया, र आशा विक वनराज्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।
रक्षा मन्त्रालय भने प्रधानमन्त्री आफैँले राखेका छन्।
नयाँ मन्त्रीहरूको शपथ अपराह्न चार बजेका लागि तय भएको छ ।
यसरी विस्तार हुन लागेको ८ जना सदस्यमध्ये एमालेबाट पूर्वमाओवादीसहित ७ जना पर्दा माधव नेपाल समूहका एकजना गणेश पहाडी समेटिएका हुन् ।
उनलाई सामान्य प्रशासन मन्त्री बनाइएको छ ।पहाडी केही साता अघिमात्रै खनाल नेपाल समुह छाडेर ओली समुहमा लागेका थिए ,उनी सिन्धुलीबाट दुईपटक निर्वाचित भएका सांसद हुन् । २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पहाडी सिन्धुलीबाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।

उनी प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला अनुपस्थित हुने २८ जनामा एक थिए । तर उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन रिट निवेदन दिने बेला भने हस्ताक्षर गरेनन् ।
ओलीकै तीन बर्ष कार्यकालमा पहाडीसमेत गरि चार जना समान्य प्रशासन मन्त्री फेरिएका छन् । पहिलो पटक क्याविनेट बिस्तार गर्दा लालबाबु पण्डितलाई सामान्य प्रशासन मन्त्री बनाइएको थियो । लालबाबुलाई हटाएर पछि हृदयेश त्रिपाठीलाई सामान्यमा स्वास्थ्यमा लगिएको थियो । त्यस पछि मन्त्री बनेका गणेश ठगुन्नालाई हटाइए पछि सो ठाउँमा गणेश पहाडीलाई ल्याउन लागिएको हो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १२:५६

प्रतिक्रिया दिनुहोस्