‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी पर्वतारोहीहरूको निधन भएकामा दुःख व्यक्त गरेको छ।
Advertisement 1
उक्त पार्टीका महासचिव शङ्कर पोखरेलले आज शोक वक्तव्य जारी गर्दै दिवङ्गत आरोहीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। पार्टीका तर्फबाट उनले शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।
पर्वतारोहणको इतिहासमा कीर्तिमान कायम गर्दै ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल ६ महिना ६ दिनमा आरोहण गरी नेपाल र नेपालीलाई चिनाउन सफल पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ र उनका सहयात्रीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधनबाट पार्टी मर्माहत भएको एमालेले जनाएको छ।
प्रकाशित :२०८३ श्रावण १७, आईतवार ११:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








