३ जिल्लामा आगलागी, ७ लाख ४० हजार बराबरको क्षति

काठमाडौं। महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु ७ लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ।
Advertisement 1
महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब रु तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
काभ्रेको बनेपा नगरपालिका–१ दुलाल गाउँस्थित लक्ष्मण दुलालको गोठमा विद्युत् सर्ट भई मङ्गलबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जल्दा करिब रु २ लाख ४० हजार बराबरको नाक्सान भएको छ।
Advertisement 2
प्रहरी प्रधानकार्यालयका अनुसार सप्तरीको कञ्चनरूप नगरपालिका–६ क्वाटर मलेठस्थित नवराज बस्नेतको गोठमा मङ्गलबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब रु २ लाख बराबरको धनमाल नष्ट भएको छ।
प्रकाशित :२०८३ श्रावण ६, बुधबार १३:३६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








